भरत र निराको जोडी फाईनलमा

डिसी नेपाल
३ असोज २०७६ २१:२४

काठमाडौं। भारतका भरत शर्मा र नेपालकी निरा कायस्थ प्रथम ईन्डो नेपाल पिकलबल च्याम्पियनसिपमा मिक्स डबल्समा फाईनल प्रवेश गरेका छन् । भरत र निराको जोडीले नेपालका राधेश्याम मचामसी र मन्दिराको जोडीलाई ११ – १, ११ – १ को समान अन्तरमा पराजित गर्दै उपाधी निकट पुगेका हुन्।

यस्तै अर्को फाईलन प्रवेश गर्ने टोलीमा भारतका भुपेन्द्र र ईन्द्राको जोडी रहेका छन् । उक्त जोडीले निशान्त र रिशुको जोडीलाई ११ – १, ११ – ० को सेटमा पराजित गरेका छन् ।

सो स्पर्धामा तेश्रो स्थानमा भारतका निशान्त र रिशुको जोडी तेश्रो भयो । उक्त जोडीले नेपालका राधेश्याम मचामसी र मन्दिराको जोडीलाई ११ – ८, ११ – ६ ले पाखा लगायो ।

नेपाल पिकलबल संघको आयोजनामा भएको प्रतियोगितामा पुरुष युगल तर्फ भारतका मुख्त्यारअली र भुपेन्द्रको जोडी सेमिफाईनल प्रवेश गरेका छन् । उक्त टोलीले भारतका नोवो र कुसुमको जोडीलाई ११ – ०, ११ – ० को अन्तरले पराजित गरे । यस्तै भारतका गौरव र सनिलको जोडी, भरत र विकासको जोडी तथा रञ्जन र महेशको जोडी पनि सेमिफाईनलमा स्थान बनाउन सफल भएका छन् ।

गौरव र सनिलको जोडीले नेपालका राजेश र कुमार प्रधानको जोडीलाई ११ – ५, ११ – २ ले, भरत र विकासको जोडीले भारतकै मरिदु पवन र हिरकको जोडीलाई ११ – २, ११ – ४ ले तथा रञ्जन र महेशको जोडीले राजेश स्थापित र राजु भुजुको जोडीमाथि ११ – २, ११ – ४ को जित निकाल्यो ।

ग्यालेक्सी स्कुलमा भएको प्रतियोगितामा महिला एकलमा नेपालका विधी क्षेत्री, केञ्जल चित्रकार, एन्जल राई, ममता खड्का, खुस्वु तिवारी आआफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै अर्को चरण प्रवेश गरेका छन् ।

महिला जोडी तर्फ भारतका पुजा र ईन्दिराको जोडीले नेपालका प्रमिला र गंगाको जोडीलाई ११ – ०, ११ – ० को अन्तरले पराजित गर्न सफल भएका छन् । यसैगरि पुरुष एकलमा भारतका महेशले नेपालका राजेशलाई ११ – २, ११ – ९ ले तथा भारतका गौरवले नेपालका राधेश्याम मचामसीलाई ११ – २, ११ – २ को समान अन्तरले पराजित गर्दै अर्को चरण प्रवेश गरेका छन् ।

प्रतियोगिताको नेपाल ओलम्पिक कमिटिका सचिव एवं नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले उद्घाटन गरेका थिए । श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्दै नेपालमा नौलो खेल आएकोमा स्वागत गर्दै सवै उमेरका ब्यक्तिहरुका लागि सहज हुने खेल नेपालमा विस्तार हुनेमा आफु बिश्वस्त रहेको बताए ।

उनले नेपालमा यस खेललाई परिचित गराएकोमो भारत पिकलबल महासंघ तथा एशियन पिकलबल संघलाई हार्दिक धन्यवाद प्रदान गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *