वार्सिलोनाका फातीलाई स्पेनिस नागरिकता दिइयो

डिसी नेपाल
३ असोज २०७६ २२:०१

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका यूवा स्टार अन्सु फातीले स्पेनको नागरिकता प्राप्त गरेका छन् । स्पेनको नागरिकता पाएसँगै फरवार्ड फातीले स्पेनबाट अन्तराष्ट्रिय फुटबल खेल्ने बाटो खुलेको छ ।

अफ्रिकी मुलुक गिनीया बिसाउमा जन्मिएका फाती ६ वर्षको हुँदा स्पेनको सेभिया बसाई सरेका थिए । र, स्पेनमा १० वर्ष बिताएपछि उनले स्पेनको नागरिकताको लागि दाबी गरेका थिए । स्पेनको नागरिकता पक्का भएसँगै १६ वर्षे फातीले यू१७ विश्वकपमा स्पेनको टिममा पर्ने सम्भावना रहेको छ ।

यसै सिजन बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका फातीले सनसनी प्रदर्शन गरिरहेका छन् । स्पेनिस ला लिगामा उनले ३ खेलमा २ गोल गरिसकेका छन् ।

यस्तै च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत बोरुसिया डर्टमण्डविरुद्ध मैदान उतर्दै फाती सर्वाधिक कम उमेरमा डेब्यु गर्ने बार्सिलोनाका पहिलो खेलाडी समेत बनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *