ब्राजिलको टिममा भिनिसियस परेनन्

डिसी नेपाल
४ असोज २०७६ १२:२४

काठमाडौँ । अक्टोबरमा हुने दुई मैत्रीपूर्ण फुटबल खेलका लागि ब्राजिलले आफ्नो टिम घोषणा गरेको छ । २३ सदस्यीय घोषणा गरिएको टिममा रियल म्याड्रिडबाट खेल्ने युवा खेलाडी भिनिसियस जुनियर टिममा परेका छैनन् ।

टिममा प्रतिबन्धका कारण पछिल्ला दुई खेलमा बाहिर रहेका म्यानचेस्टर सिटीबाट खेल्ने गाब्रियल जिसस फर्किएका छन् । ब्राजिलले अक्टोबर १० मा सेनेगलसँग र अक्टोबर १३ मा नाइजेरियासँग मैत्रीपूर्ण खेल खेल्दै छ ।

ब्राजिलको टिममा गोलकिपर एडरसन, वेभेरटन, सान्तोस, डिफेन्डर, डानी आल्भेज, डानिलो, एलेक्स सान्ड्रो, रिनान लोडी, मार्क्विनोस, थियागो सिल्भा, एडर मिलिताओ, रोड्रीगो काइओ, मिडफिल्डर कासेमिरो, अर्थर, फाबिन्हो, लुकास पाक्वेटा, फिलिप कोटीन्हो, माठेउस हेनरिक्वी, फरवार्ड रोबेर्टो फिर्मिनो, रिचार्लिसन, गाब्रियल जिसस, गाब्रियल बारबोसा, नेइमार र एभर्टन छन् ।

हालै कोपा अमेरिका जितेको ब्राजिलले त्यसपछि खेलेका खेलमा कोलम्बियासँग बराबरी खेलेको थियो भने पेरुसँग हार बेहोरेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *