आज मेस्सी र रोनाल्डो मैदानमा उत्रिँदै

डिसी नेपाल
४ असोज २०७६ १४:४३

काठमाडौं। स्पेनिस ला लिगा फुटबलमा स्टार फुटबलर लियोनल मेस्सीको टोलीले शनिबार ग्रानडासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार आजराति १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ। ग्रानडाविरुद्धको खेलमा मेस्सी टोलीमा परेका छन्।

यसअघि घाइते भएका कारण मेस्सीले ला लिगाका ४ खेल गुमाएका थिए। ला लिगामा मेस्सीको आजको खेल यस सिजनको डेब्यु खेल हुनेछ। लिगमा मेस्सीको टोली बार्सिलोना ७ अंकसहित पाँचौ स्थानमा छ।

यसैबीच शनिबार राति नै अर्का स्टार क्रिस्टियानो रोनाल्डोको टोली पनि प्रतिस्पर्धामा उत्रँदैछ। इटालिएन सिरि एमा युभेन्ट्स र हेलास भिरोनाबीच प्रतिस्पर्धा हुन लागेको हो। खेल नेपाली समयअनुसार आज राति ९ बजेर ४५ मिनेतमा सुरु हुनेछ। सिरि एमा रोनाल्डोको टोली ७ अंकसहित तेस्रो स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *