संविधान कार्यान्वयन साझा दायित्व : नेता सिटौला

डिसी नेपाल
४ असोज २०७६ २३:४५

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन सबैको साझा दायित्व भएको बताएका छन्।

पार्टीको दोस्रो चरणको जागरण अभियानका क्रममा झापाको बिर्तामोडमा आज आयोजित कार्यक्रममा उनले संविधान कार्यान्वयनमा सबै दल, सबै जातजाति, वर्ग र समुदायको साझा दायित्व भएको बताए।

‘सबै तह र तप्काको अथक संघर्ष र मेहनतबाट संविधान निर्माण भएको छ’, उनले भने, ‘यसको कार्यान्वयन गर्नु हामी सबैको दायित्व हो ।’ सरकार संविधानको भावना अनुरुप चल्न नसकेपछि जनस्तरमा असन्तुष्टि बढ्दै गएको उनको आरोप थियो।

‘वर्तमान सरकार संविधानको मर्म र भावना अनुरुप चल्न सकेको छैन’, नेता सिटौलाले भने, ‘सरकार संविधानको बाटोमा नभई कम्युनिष्ट पथमा हिँड्न खोजेको छ ।’

नेता सिटौलाले सिंहदरबारको कार्यशैली परिवर्तन नगरेसम्म संविधानअनुसार जनताका पक्षमा काम नहुने उल्लेख गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *