मुग्लिन–नारायणगण सडकखण्डमा बसको ठक्करबाट एक जनाको मृत्यु

डिसी नेपाल
५ असोज २०७६ ७:३६

चितवन । भरतपुर महानगरपालिका–२९ जुगेडीस्थित नारायणगण–मुग्लिन सडकखण्डमा बसको ठक्करबाट गएराति पैदलयात्रीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट रोल्पाका लागि आउँदै गरेको ना४ख २६०७ नंको बसले अन्दाजी २८ वर्षीय पुरुष व्यक्तिलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।

मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन। शवलाई परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटना राति १२ः३० बजे भएको हो। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *