जेसिबीको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु
सांकेतिक तस्बिर
दोलखा । दोलखाको बिगु गाउँपालिका–८ चिलङ्खामा जेसिबीको (सडक निर्माण डोजर) ठक्करबाट एक बालकको ज्यान गएको छ।
बिगु गाउँपालिका–८ चिलङ्खास्थित झोरुङसोरुङ सावा सडकखण्डको बाटो मर्मत गर्ने क्रममा शनिबार ४ बजे ठक्कर दिँदा रोजन खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
बिगु गाउँपालिका–५ चिलङ्खा घर भई सोरुङमा व्यवसाय गरी बसेका रमेश खड्काका चार वर्षीय छोरा रोजन खड्कालाई जेसिबीले ठकर दिएको र घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक रमेश बोहोराले जानकारी दिए।
मृतक बालकको शव परीक्षणका लागि चरिकोट ल्याइएको र ठक्कर दिने बा३क १२०६ नंको जेसिबी ब्याक लोडर सिङ्गटी प्रहरीको नियन्त्रणमा रहेका छन्। रासस
प्रतिक्रिया
धेरै पढिएको.
No trending news available right now.







डिसी नेपाल








Facebook Comment