खोलाको बाढी बस्तीमा पस्यो, दुई बालिका बेपत्ता

डिसी नेपाल
५ असोज २०७६ १२:४७

बेनी । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित कोटखोलामा गए राति बाढीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बेनी–९ की १० वर्षीया प्रविना परियार र बेनी–५ की छ वर्षीया अनुश्का परियार छन् ।

बाढी बस्तीमा पस्दा बगरफाँटका दीपक जुग्जाली, पार्वती परियार र राममाया परियारको घरमा क्षति पुगेको छ । सो स्थानमा रहेको बुद्ध एकेडेमीको भवन र खेलमैदानमा समेत क्षति पुगको स्थानीयवासी चित्रबहादुर रिजालले जानकारी दिए । प्रहरी र स्थानीयबासीले बेपत्ता बालिकाको खोजी गरिरहेका छन् ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *