साफ यू–१८ः यस्तो रहेको छ भुटान विरुद्ध नेपालको प्लेईङ–११

डिसी नेपाल
५ असोज २०७६ १४:३१

काठमाडौं । तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ ।

एपीएफको हलचोक मैदानमा हुने खेलका लागि नेपालले प्लेईङ–११ को घोषणा गरेको छ । नेपालले मनिष डाँगी र बृजेश चौधरीलाई अग्र पंक्तिको जिम्मेवारी दिएको छ ।

माल्दिभ्ससँग खेलेको टिममा दुई खेलाडी परिवर्तन गरिएको छ । प्रतियोगिताको समूह ए मा रहेको नेपालले पहिलो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको थियो ।

यसअघि नेपाल र भुटान भएको अघिल्ला दुई संस्करणको उपाधि नेपालले जितेको थियो ।

प्लेईङ–११

गोलकिपरः विशाल सुनार

डिफेन्डरः अन्जल महर्जन, नविन गुरुङ, विशाल बस्नेत, रन्दिप पौडेलमिडफिल्ड

शिशिर लेखि, जया गुरुङ, मनिष थापा, नितिन थापा

फरवार्डः मनिष डाँगी, बृजेश चौधरी


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *