एनआरएनए उपाध्यक्षमा डा. वद्री केसीको उम्मेदवारी घोषणा

डिसी नेपाल
५ असोज २०७६ १६:३४

काठमाडौं। गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आईसीसी) को नर्वौ विश्व सम्मेलन नजिकिँदै गर्दा उपाध्यक्षमा डा. वद्री केसीले उम्मेदवारी घोषणा गरेका छन्। केसी संघको वर्तमान कार्यसमितिमा महासचिव तथा नीती निर्माण समितिमा अध्यक्षको जिम्मेवारीमा छन्।

लामो समयदेखि रुसको मस्कोलाई कर्मथलो बनाएका डा केसी विगत १६ वर्षदेखि एनआरएनए अभियानमा क्रियाशील छन्। केसीले एनआरएनए यात्रामा साधारण सदस्य, रास्ट्रिय समन्वय परिषद्को महासचिव, दुई कार्यकाल अन्तरास्ट्रिय समन्वय परिषद केन्द्रिय सदस्य, केन्द्रिय कोषाध्यक्ष तथा दुई कार्यकाल केन्द्रिय महासचिवको जिम्मेवारी इमानदारीपूर्वक निभाएर अत्यन्तै सक्रिय व्यक्ति तथा बरिष्ठ समाजसेवीका रुपमासमेत आफ्नो पहिचान बनाएका छन्।

एनआरएनए जस्तो पवित्र सामाजिक संस्थामा व्यक्तिको कार्यदक्षता, विगतका अनुभव, संस्थाप्रतिको लगाव तथा संस्थालाई दिनसक्ने योगदान र क्षेत्रीय सन्तुलनको आधारमा केन्द्रीय परिषद्का सम्पूर्ण पदहरुमा चयन गरिनुपर्छ भन्ने सकारात्मक सोचको मान्यता राख्दै केसीले संस्थालाई गतिशील बनाउदैं प्रभावकारी कार्य दक्षता देखाउन सक्ने अनुभवी नेतृत्व चयन हुनु पर्नेमा जोड दिएका छन्।

अबको आफ्नो यात्रा संघको माथिल्लो नेतृत्व तर्फ लम्केको बताउँदै नेपाल भन्दा बाहिर बस्ने ५० लाख नेपालीहरुको हित र संस्थालाई मजबुत बनाउन ७ खम्बे विशेष सिद्धान्त आफूसँग रहेको केसीकाे भनाई छ । ‘ अबको मेरो यात्रा संघको माथिल्लो नेतृत्व उपाध्यक्ष तिर लम्केको छ्र नेपाल भन्दा बाहिरको नेपाल, ५० लाख भन्दा बढी नेपालीहरुको नेतृत्व गर्ने, यो गौरबशालि संस्थालाई अझ प्रभाबकारी ढंगले अगाडी बढाउन म सात खम्बे सिद्धान्तसहित आएको छु।’

आउने चुनावमा उपाध्यक्ष पदका लागि चर्चमा अरू पनि छन् तर प्रबल आकाङ्क्षीमा उभिएका छन् डा वद्री केसी। किनभने केसीले एनआरएन अभियानमा एक सशक्त अभियान्ताको छवी बनाएका छन् । उनी सम्भावना बोकेका एनआरएनए अभियन्ता मानिन्छन्।एनआरएन अभियानमा लामो यात्रा र अनुभव मात्रै होइन विभिन्न चरणमा उनले गरेको योगदान पनि उत्तिकै छ। त्यसैले उनको उम्मेदवारीलाई बलियो रुपमा हेरिएको छ।

यस्ता छन् डा केसीका ७ खम्बे सिद्धान्त-

१. बैदेशिक रोजगार (Foreign Employment):

सुरक्षित र मर्यादित बैदेशिक रोजगार हाम्रो अभियान नै हो। बिदेशमा रहेका झन्डै ७०% भन्दा बढी जनशक्ति बैदेशिक रोजगारमा आवद्ध छ र देशको एक तिहाई अर्थतन्त्र बैदेशिक रोजगारले धानेको छ। अबको हाम्रो लक्ष,  दक्ष कामदारहरु मात्र विदेश पठाई प्रति कामदार आम्दानी बढाउने, कामदारहरुको उचित बिमा गराउने, बिचौलिया हरु न्युन गराउने, कामदारहरुकोको संचयकोष व्यवस्था गर्ने, प्राबिधिक अध्ययन केन्द्रहरु स्थापना गर्ने, स साना लगानी कर्ताहरुलाई पनि एकमुष्ठ गरि बैदेशिक रोजगारीमा आवद्ध जनशक्ति सहितको संयुक्त लगानीका कार्यक्रम हरु संचालन गर्ने तथा बिदेशमा ज्ञान सिप सिकेका लागि नेपालमा नै रोजगारी शृजना गर्ने तर्फ लक्षित रहने छ।

संविधानको धारा २९१(१) ले काम बिशेषले बिदेशमा बसिरहेका नेपालीहरुको अधिकार कुण्ठित गरेको छ, प्रत्येक नेपालीको मौलिक हक तथा अधिकार हनन नहुनेगरि संबिधानमा सुधार हुनु जरुरि छ।बिदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले नेपालको निर्बाचनमा भाग लिन पाउने, मतदान गर्न पाउने अधिकार सुनिस्चित गर्न सर्बोच्च अदालतले समेत निर्देशनात्मक आदेश जारी गरिसकेको अबस्थामा यसलाई कार्यान्वयन गराउन संघले बिशेष पहल गर्नुपर्ने आबस्यकता छ।

२. लगानी तथा व्यापार प्रबर्दन (Investment and Trade Investment):

नेपालको राजनीतिक, भौगोलिक तथा सामाजिक कारणले संसारका ठुलो लगानीकर्ताहरुको लागि आकर्षक मुलुक बन्न सकेको छैन र छिटै बन्नसक्ने अवस्था पनि छैन।नेपालमा धेरै क्षेत्रहरुमा ठुला, मझयौला तथा साना लगानीहरु गरि संसारको अन्य क्षेत्रहरु भन्दा आकर्षक मुनाफा लिन सक्ने प्रचुर सम्भावना छ। गैर आबासीय नेपाली हरुले सुरुका दिन देखिनै व्यक्तिगत तथा सामुहिक रुपमा धेरै क्षेत्रहरुमा लगानी गर्दै आइरहेका छन् तर यो प्रयाप्त छैन।संबिधानमा ब्यबस्था गरिए झैँ गैर आबासीय नेपाली नागरिकताको अधिकार ब्यबहारमा परिबर्तन गर्न सकेमा विदेशमा बस्ने नेपालीहरुबाटनै ठुलो लगानी आउने प्रचुर सम्भावना छ।हाम्रो नेपालमा रहेको सम्पतिको पनि कानुनी रुपमा संरक्षण हुनु जरुरि छ। हाल सिमित मुलुकहरुसंग मात्र भएको लगानी सम्झौता (Bilataral Investment Promotion and Project Agreement) BIPPA,  दोहोरो कर मुक्ति सम्झौता (Double taxation Avoidance Agreement ) DTAA र आर्थिक साझेदारी सम्झौता (Economic Partnership Agreement) EPA गैर आबासीय नेपालीहरु रहेका सबै मुलुकहरु संग हुन् जरुरि छ। हाल नेपाली हरुको बढी लगानी अनुत्पादित क्षेत्रमा भइ रहेको छ| स-साना लगानी कर्ताहरुलाई समेत एकमुष्ठ गरि ठुलो लगानी जुटाएर रास्ट्रिय संरचना निर्माणमा लगानी गर्न संघले पहल गर्नु पर्ने छ।

३. गैर आबासीय नेपाली फाउन्डेशन तथा परोपकार (NRN Foundation & Charity):

गैर आबासीय नेपालीहरुको नेपालमा पहिलो र गाढा परिचय परोपकारी काम हरुले नै भएका छन्प।रोपकार हाम्रो संस्कृति हो र प्रत्येक नेपालीको रगतमानै परोपकारी भाबना छ| हरेक देशमा बस्ने नेपाली हरुले आ-आफ्नो गाउँ ठाउँमा केहि न केहि परोपकारका कामहरु गरिनै रहेका छन्। यसलाई संस्थागत अभियानको रुपमा एक राष्ट्र एक परोपकारी योजनाको रुपमा धेरै कामहरु भएका छन्, यो अभियानलाई आझ सशक्त रुपमा अगाडी लैजानु जरुरि छ। नेपालमा बाढी पहिरो जाँदा, हुरी बतास आउँदा, आगलागी हुँदा संघले संस्थागत रुपमा सहयोग गर्दै आएको छ। परोपकारी कामलाई ब्यबस्थित र प्रभाबकारी बनाउन संसारका छ ओटै क्षेत्रहरुमा गैर आबासीय नेपाली फाउन्डेशन (परोपकारी  फण्ड) स्थापना गरि सोहि मार्फत सहयोग संकलन तथा वितरण गर्न जरुरि छ| उक्त फण्डमा रकम जम्मा गर्दा सहयोगकर्ताले करमा समेत सहुलियत पाउने छन्।

४. ज्ञान, शिप तथा शिर्जनात्मक काम नेपालमा भित्र्याउने (SKI & NRN Academy):

आफुले आर्जन गरेको ज्ञान शिप तथा प्रबिधिको उचित प्रयोजन गर्न तथा संभावनाको खोजीका लागि धेरै नेपाली हरु संसारका ख्यातिप्राप्त बिश्वबिध्यालय एबम संघ संस्थाहरुमा कार्यरत छन्। उनीहरुको दक्षता एबं विज्ञतालाई नेपालको सम्बृध्दीको लागि प्रयोग गर्न गैर आबासीय नेपाली एकेडेमी नै खडा गर्नु जरुरि छ। यस्तो संभावनाको पहिचानको लागि हामीले पहिलो पटक नेपाल सरकार संगको सहकार्यमा प्रथम विज्ञ सम्मेलन २०१८ अक्टोबरमा काठमाण्डौमा सम्पन्न गर्यों| अब हरेक दुई बर्षमा उक्त विज्ञ सम्मेलनलाई निरन्तरता दिनु जरुरि छ।

५. नेपाल पोलिसी इन्स्तिच्युत (Nepal Policy Institute):

बिदेशमा रहेका नेपाली बिज्ञहरुले गैर आबासीय नेपाली संघ सम्बन्धि तथा नेपालको सर्बोपरी बिकाशको लागि बिभिन्न नीति निर्माणमा योगदान दिनको लागि यो अवधारणा ल्याइएको छ। नेपाल पोलिसी इन्स्तिच्युत समितिले बिगतको दुइ बर्षमा नेपाल सरकार रास्ट्रिय योजना आयोग संग सम्झौता गरि बिभिन्न बिषयहरुमा नीति निर्माण गर्नको लागि सुझाब पेश गरिसकेको छ। यस समितिलाई निरन्तरता दिन, बिशेषज्ञहरुले तथस्टताकासाथ काम गर्न तथा संस्थागत रुपमा संचालनको लागि गैर आबासीय नेपाली संघको स्वामित्वमा नेपाल भन्दा बाहिर नेपाल पोलिसी इन्स्तिच्युत (Nepal Policy Institute) स्थापना गर्ने लक्ष्य यस कार्यकालमा पुरा हुन सकेको छैन, यसलाई यथासक्दो छिटो स्थापना गर्नुपर्ने छ।

६. नेपाल प्रबर्धन (Nepal Promotion)

नेपालको भाषा, कला तथा संस्कृतिलाई नेपाल भन्दा बाहिर रहनुहुने नेपालीहरु र बिदेशीबीच फैलाउने काम गैर आबासीय नेपालीहरुको मुख्य काम मध्ये हुन्। सन् २०११ को  गणना अनुसार नेपालमा १२३ भन्दा बढी मात्री भाषाहरु छन्, यो हाम्रो सम्पति हो। पुर्खाले हजारौं बर्ष लगाएर सिर्जना गरेको भाषा एक पिढीले नबोलेमा सजिलै संग मासिन्छ, आजको विस्तारति संसारिकरणमा स-साना भाषा संस्कृति जोगाउन ठुलो चुनौती छ। संसारको धेरै ठाउँमा नेपाल भबन (Nepal House) संचालनमा आएका छन्, नेपाली मेला (Nepal festival) आयोजना गर्दै आइरहेका छौं, यसलाई निरन्तरता दिदै नेपाली उत्पादनहरुको बिदेशमा  प्रबधन गरेर नेपालमा आर्जन भित्र्याउनु पर्छ| प्राकृतिक सम्पदाले भरपुर संसारकै स्वर्ग मानिने देश, सगरमाथा र बुद्ध जन्मेको देश, पर्यटनको लागि सम्भावना नै सम्भावना बोकेको देश नेपालको संभावनाको पोको खोल्ने काम हामीले गर्नु पर्ने छ। पर्यटन मन्त्रालय तथा पर्यटन बोर्ड संग Visit Nepal 2020 लाई सफल पार्न संघले एक सम्झोता गरेर आगाडी बढेको छ र पर्यटन लाई प्रभाबकारी बनाई नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन हामीले प्रमुख भूमिका निभाउन पर्ने छ।

७. युवा, महिला तथा दोस्रो पिढी: (Woman, Youth and Second Generation)

संघले युवा तथा महिलालाई सक्रिय रुपमा आबद्ध  गराउन संरचनामै अन्तरास्ट्रिय तथा क्षेत्रीय युवा र महिला संयोजकको व्यवस्था गरि हरेक रास्ट्रिय समन्वय परिषद्मा युवा र महिला संयोजकको व्यवस्था गरेको छ। महिलाहरुको लागि छुट्टै उपाध्यक्ष व्यवस्था गरे जस्तै यस पटक  देखि युवा तथा बिशेष गरि दोश्रो पिढीलाई लक्षित गरेर उपाध्यक्षको व्यवस्था गर्नु पर्ने आबस्यकता छ। हालै संघको प्रयासले नेपालमा आयोजित आठौं रास्ट्रिय खेलकुदमा गैर आबासीय नेपालीहरुले समेत भाग लिएर ठुलो सफलता हँसिल गरेका छन्।अमेरिकामा जन्मेर उतै हुर्केका नथम दोर्जे शेर्पाले पहिलो प्रयासमै दुइ वोटा स्वर्ण र एक रजत पदक जितेका छन्। अब उनले नेपालको तर्फ बाट अन्तरास्ट्रिय खेलहरुमा भाग लिन सक्ने छन। यो उदाहरणले अब गैर आबासीय नेपाली हरु बिदेशमा सिकेको ज्ञान सहित नेपाल भित्रिने क्रम शुरु भएको छ। खेलकुदको माध्यम बाट बिस्व भरका नेपाली युबाहरुलाई एकजुट गर्न, दोश्रो पिढीका युवा हरुलाई नेपालप्रति आबद्ध एबम जिम्मेबारी बहन गराउन, बिदेशमा सिकेको ज्ञान नेपालमा सिकाउन संघले गैर आबासीय नेपाली खेलकुद प्रतिष्ठान  स्थापना गर्नु जरुरि छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *