प्रतिनिधिसभा अन्तर्गतको ६ वटा संसदीय समितिका बैठक बस्दै
काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको ६ वटा संसदीय समितिका बैठक बस्ने भएको छ।
बैठक अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक, पूर्वाधार विकास समिति, महिला तथा सामाजिक मामिला समिति समिति, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दै छ।
प्रतिनिधिसभा अन्तर्गतको बिहान १० बजे बस्ने भएको बैठकमा अर्थ मन्त्रालयबाट भए गरेका कामकारबाही र आगामी कार्य योजना सम्बन्धमा छलफल हुनेछ। यस्तै, चा लु आ ब २०८२/८३ को बजेट कार्यान्वयन अवस्था र आगामी आ ब २०८३/८४ को बजेट तयारी सम्बन्धमा तथा उपसमिति गठन सम्बन्धमा छलफल हुनेछ।
यस्तै, बिहान १०ः३० बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उपसमिति गठन सम्बन्धमा तथा अन्य विविध विषयमा छलफल हुनेछ। बिहान १० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा सडक सुरक्षा, मनसुनमा सवारी व्यवस्थापन र विविध विषयमा छलफल हुनेछ।
यसैगरी, महिला तथा सामाजिक मामिला समिति समितिको बैठकमा बिहान ११ बजे भएको छ। बैठकमा मधेसी आयोगको कामकारबाही सम्बन्धमा आयोगका पदाधिकारीहरूसँग छलफल हुने कार्यसूची छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको तेस्रो बैठक बिहान १० बजे बस्ने भएको छ। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यमान अवस्था तथा भावी कार्य योजना र अन्य विविध विषयमा छलफल हुनेछ।
यस्तै, बिहान १० बजे सार्वजनिक लेखा समितिको बैठकमा समिति सम्बन्धी प्रस्तुतीकरण हुनेछ।







डिसी नेपाल







Facebook Comment