‘स्व. चन्द्रबहादुर गुरुङ स्मृति कप अन्तरकलेज प्रतियोगिता २०७६’ सुरु

डिसी नेपाल
५ असोज २०७६ १९:५१

काठमाडौं । तत्कालिन राप्रपा नेपालका महामन्त्री एवं पहिलो संबिधानसभाका सदस्य चन्द्रबहादुर गुरुङको सम्झनामा आयोजित फुटसल प्रतियोगिता आजबाट राजधानीमा सुरु भएको छ।

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको आयोजनामा सुरु भएको ‘स्व चन्द्रबहादुर गुरुङ स्मृति कप अन्तरकलेज प्रतियोगिता २०७६’ को आज भएको पहिलो खेलमा पशुपति, नेपाल ल, वाल्मीकि, नाइटेङ्गल, बायोमेडिकल, हिमालयन ह्वाइटहाउस, गोल्डेनगेट, कसमस लगायतका कलेजले विजयी सुरुवात गर्दै दोस्रो चरण प्रवेश गरेका छन्।

उद्घाटन खेलमा गोल्डेनगेटले हिकास्टलाई पराजित गर्‍यो, उक्त प्रतियोगिताको क्वाटरफाईनल समिकरण र बाँकी खेल भोलि सञ्चालन हुने राप्रविसंका उपाध्यक्ष शशि भण्डारीले जानकारी दिए।

भोलि समापन हुने उक्त प्रतियोगिताको आज एक कार्यक्रमका बिच राप्रपाका वरिष्ठ नेता दीपक बोहराले उद्घाटन गरेका थिए।

उक्त अवसरमा राप्रपा सहायक महामन्त्री एवं राप्रविसंका पुर्व अध्यक्ष राजराम बर्तौला, संगठनका अध्यक्ष महेशबहादुर सिंहले आफ्नो भनाई राखेका थिए।

धुम्बाराहीस्थित धन्यन्तरी फुटसलमा भएको प्रतियोगिता लिग कम नकआउट आधारमा खेलाइएको बताइएको छ। भण्डारीले प्रतियोगिताको विजेताले नगद २० हजार, उपविजेताले १५ र तेस्रो स्थानको टोलीले १० हजार सहित ट्रफि र मेडल प्राप्त गर्ने जानकारी दिए।

स्व. गुरुङ अखिल नेपाल फुटबल संघको अध्यक्ष, राष्ट्रिय खेलकुद परिषद्को सदस्य, एशियाली युथ काउन्सिलको उपाध्यक्षलगायत विभिन्न खेलकुद तथा सामाजिक संस्थामा संलग्न छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *