कक्षा ११ को नतिजा भोलि सार्वजनिक हुने

डिसी नेपाल
६ असोज २०७६ ५:३४

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा ११ को परीक्षाफल मंगलबार सार्वजनिक हुने भएको छ।

गत बैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म भएको कक्षा ११ को परीक्षाको नतिजा भोलि प्रकाशित बोर्डले जनाएको छ।

बोर्डको सोमबार बसेको बैठकले सबै तयारी पुरा भैसकेको भन्दै मंगलबार परीक्षाफल सार्वजनिक हुने बताइएको छ ।

भोलि बिहान (मंगलबार) बैठक बस्ने र नतिजाको तयारी गर्दा कुनै प्राविधिक त्रुटी नभए भोलि बेलुका नतिजा सार्वजनिक हुने परीक्षा बोर्डले जनाएको छ।

परीक्षामा ५ लाख ८ हजार परीक्षार्थी सहभागी थिए। ११ कक्षामा मुलुकभरका ४ हजार एक सय ३७ विद्यालयका विद्यार्थी परीक्षामा सम्मिलित थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *