काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

डिसी नेपाल
८ असोज २०७६ ८:४३

काठमाडौँ । काठमाडौँको भोटेबहालमा आज (बुधबार) बिहानै बसको ठक्करबाट एक साईकल यात्रीको ज्यान गएको छ । बुधबार बिहान त्रिपुरेश्वरबाट कालिमाटीका लागि छुटेको बा ५ ख ७३९१ नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट गम्भीर घाइते भएका पर्सा ब्रम्हपुर नगरपालिका–३ का ३५ वर्षका भिम लामालाई उपचारका लागि वीर अस्पताल लगिएको र उपचारकै क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

बिहानै बसले साईकल नदेखेका कारण उक्त दर्घटना भएको चालकले बताएका छन् । हाल बसका चालक र सह चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाईएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *