मंसिर १४ को उपनिर्वाचनमा चुनाव लड्ने यी हुन् २१ दल

डिसी नेपाल
९ असोज २०७६ १८:१६

काठमाडौं। निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुन उपनिर्वाचनका लागि आयोगमा दर्ता भएका दलहरुको नाम र चुनाव चिन्ह सार्वजनिक गरेको छ।

आयोगका अनुसार विभिन्न २१ दलले चुनावका लागि आयोगमा दल दर्ता गराएका छन्।

आयोगले ती दलहरुलाई चुनाव चिन्ह पनि दिएको छ। आयोगले गोपाल किराँतीको नेतृत्वमा माओवादी केन्द नामको दललाई पनि मान्यता दिएको छ।

सो दललाई तत्कालीन माओवादी केन्द्रकै चुनाव चिन्ह गोलाकार भित्र हसिया हथौडा दिएको छ। तत्कालीन माओवादी केन्द्र र एमालेबीच पार्टी एकीकरण भए पनि गोपाल किराँतीले माओवादी केन्द्रको पुनर्गठन गरेका थिए।

दर्ता भएका दल र चुनाव चिन्हः

१ ग्रिन पार्टी नेपाल – त्रिशुल
२ नेपाल लोकतान्त्रिक पार्टी – दुईहात जोडेको नमस्कार
३ राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) – साँढे गोरु
४ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) – सूर्य
५ समाजवादी पार्टी – पाँच औला सहितको हत्केला
६ साझा पार्टी – तराजु
७ राष्ट्रिय प्रजातन्त्र पार्टी (सँयुक्त) – हलो
८ मुस्कान सेना नेपाल – पुरुष
९ नेपाल परिवार दल – साँचो
१० नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) – हसियाँ
११ हाम्रो पार्टी – धारा
१२ मंगोल नेशनल अर्गनाइजेशन – कुखुराको भाले
१३ नेपालवाद – तारापुञ्ज
१४ संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, नेपाल – हवाइजहाज
१५ नेपाली काँग्रेस (वी पी) – करुवा
१६ इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल – ट्रयाक्टर
१७ आमूल परिवर्तन मसिहा पार्टी, नेपाल – ह्रृदय
१८ राष्ट्रिय नागरिक पार्टी – चंगा
१९ जनमत पार्टी (जपा) – लाउड स्पिकर
२० नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) – हँसिया माथि धानको बाला खप्टिएको
२१ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोलाकार भित्रको हँसिया हथौडा


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *