एकता प्रक्रिया करिव–करिव टुंग्याएको नेकपामा पोलिटब्यूरो गठन किन हुन सकेन ?

डिसी नेपाल
१२ असोज २०७६ ७:२२

काठमाडौं। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा गठन भएको १६ महिना पूरा भइसकेको छ। यो १६ महिनामा एकता प्रक्रियाले करिव करिव पूर्णता पाएपनि महत्वपूर्ण मानिएको पोलिटब्यूरो भने गठन हुन सकेको छैन।

नेतृत्वले पोलिटब्यूरो गठनमा चासो नदेखाउँदा अन्योल बढेको छ। पोलितब्यूरो गठनका लागि तत्कालीन ऐमालेका तर्फबाट नामावली तयार छ। तर, तत्कालीन माओवादीले पोलिटब्यूरो सदस्यको नामावली तयार पार्न नसक्दा पोलिटव्यूरो गठन हुन नसकेको हो।

नेकपामा ४४५ केन्द्रीय सदस्य छन्। पार्टीको अन्तरिम विधानअनुसार केन्द्रीय कमिटीको एक तिहाइ अर्थात् १४७ जनासम्मको पोलिटब्युरो कमिटी बनाउनुपर्छ। जसमा तत्कालीन एमालेलाई ८१ र माओवादीलाई ६६ जना भागबन्डा गर्ने सहमति शीर्ष नेताबीच यसअघि नै भइसकेको छ। य

पोलिटब्युरोका साथै अनुशासन, लेखा, निर्वाचत गरी तीन आयोगसमेत अहिले गठन हुन सकेको छैन। यस्तै ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गर्न अझै बाँकी नै रहेको छ।

नेकपाले गठन गरिसकेको विभाग तथा जनवर्गीय संगठनको भने लथालिंग रहेको छ । देशकै सबैभन्दा ठूलो र बलियो पार्टी भए पनि उसका विभाग र जनवर्गीय संगठनहरू कमजोर रहेका छन् । पार्टीको मात्रै नभई विभाग तथा जनवर्गीय संगठनहरूले समेत पूर्णता पाउन सकेका छैनन्।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच ३ जेठ २०७५ मा पार्टी एकता भएको थियो । दुई ठूला कम्युनिस्ट पार्टीबीच एकीकरणपश्चात् बनेको नेकपाले अहिले सरकारको नेतृत्वसमेत गरिरहेको छ । पार्टी एकता भएको १६ महिना बित्दासमेत एकताको सबै काम पूर्ण रूपमा अझै टुंगो लाग्न सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *