हात्तीको आक्रमणमा परी घटनास्थलमै महिलाको मृत्यु

डिसी नेपाल
१२ असोज २०७६ ७:२७

चितवन । जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति ९ः४५ बजे घर नजिकै बाटोमा हिँडिरहेको बेलामा हात्तीले आक्रमण गरेको थियो।

आक्रमणबाट तामाङको घटनस्थलमै मृत्यु भएको हो। मृतक तामाङको शव परीक्षणका लागि भरतपुर ल्याइँदैछ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *