यी हुन् कांग्रेस केन्द्रीय सदस्य बनाउन गच्छदारले रोजेका ११ नेता

डिसी नेपाल
१२ असोज २०७६ ९:५७

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकार बढेको छ। तत्कालीन फोरम लोकतान्त्रिकसँग दुई वर्ष अगाडि भएको एकतालाई पूर्णता दिएसँगै ८५ सदस्यीय केन्द्रीय समितिको आकार बढेर ९६ सदस्यीय कार्यसमिति बनेको छ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले तत्कालीन फोरम लोकतान्त्रिकसँग भएको सहमतिअनुसार समयोजनलाई निर्णयमा पु¥याएसँगै केन्द्रीय कार्यसमितिको आकार बढेको हो।

कांग्रेसले समयोजनका क्रममा ११ जना केन्द्रीय सदस्य गच्छदार समूहलाई दिने निर्णय गरेको थियो। गच्छदार समूहलाई ११ जना केन्द्रीय सदस्य दिने सहमति भएपनि गच्छदारले ११ जनाको नाम दिइसकेका छैनन्।

स्रोतका अनुसार गच्छदारले ११ जना केन्द्रीय सदस्यको नाम भने तय गरेका छन्। जस अनुसार महेश कोर्मचा, गोपाल दहित, रामजनम चौधरी, नसिर सिद्दिकी, हरि न्यौपानेको नाममा गच्छदारले तय गरेका छन्।

यसैगरी शिवप्रसाद गुर्माखाने मगर, भरतेन्द्रकुमार मल्लिक, गणेश लामाको नाम पक्का भएको स्रोतले जनाएको छ। यसैगरी सुमित्रा चौधरी जितेन्द्र देव र जोगेन्द्र चौधरीलाई केन्द्रीय सदस्य बनाउने गच्छदारले तयारी गरेका छन्।

गच्छदारले आफ्नो समूहमा अन्तिम छलफल गरेर यी नाम पार्टीमा बुझाउने तयारी गरेको स्रोतले जनाएको छ। यद्यपी अन्तिम समयमा यी मध्ये केही नाम परिर्वन हुन सक्ने स्रोतले जनाएको छ।

बैठकले यसअघि केन्द्रीय समितिले गच्छदारलाई पार्टी उपसभापति बनाउन गरेको निर्णय र लोकतान्त्रिक फोरमका २ सय महासमिति सदस्यको सदस्यता अनुमोदन गर्ने निर्णय पनि गरेको थियो यस्तै, तत्कालीन लोकतान्त्रिक फोरमलई ६ सय महाधिवेशन प्रतिनिधि दिने निर्णय भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *