शोक मनाउन हेटौँडा उपमहानगर मातहतका कार्यालय बन्द
हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले आज शोक मनाउन आफू मातहतको कार्यालयमा बिदा दिने भएको छ। शनिबार कार्यपालिका सदस्यको निधन भएपछि शोक मनाउँदै आज हेटौँडा उपमहानगरपालिकाको कार्यपालिकाले बिदा दिने निर्णय गरेको हो।
सदस्य रूपा खुलाल गोलेको मृत्यु भएपछि असोज १२ गते उपमहानगरपालिकामा बिदा दिने निर्णय भएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए ।
प्रमुख महतले सबै जनप्रतिनिधि र कर्मचारी जम्मा भएर श्रद्धाञ्जलि सभा गर्ने पनि जानकारी दिए। क्यान्सरपीडित ३९ वर्षीया खुलालको शनिबार चितवनको भरतपुरस्थित मोर्डन अस्पतालमा निधन भएको हो।
उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि नगरपालिका प्राङ्गणमा एक घण्टा राखिएको थियो। आज ३ बजे बौद्ध परम्पराअनुसार उहाँको पार्थिव शरीरलाई अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment