के सरकार निरंकुश हुन थालेकै हो ?

डिसी नेपाल
१३ असोज २०७६ ७:३१

काठमाडौं। शनिबार चितवनमा नेपालका लागि नेपाली अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीमाथि सत्तारुढ दल नेपका समर्थित केही युवाहरुले निर्धात कुटपिट गरे।

घोषित कार्यक्रम गर्न चितवन पुगेका शाहीमाथि नेकपा समर्थित युवाहरुले निर्धात कुटपिट गरेको भोलिपल्ट नेपाली कांग्रेसको केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालमाथि दमौलीमा आक्रमणको प्रयास भयो।

आइतबार तनहुँको रिसिङ गाउँपालिकाको भवन शिल्यान्यास गर्न जाने क्रममा नेता रिजाल, कांग्रेसका तनहुँका कार्यवहाक सभापतिलगायतलाई सत्तारुढ दल नेकपाका कार्यकर्ताले अवरोध गरका थिए।

उनीहरुले रुख ढालेर सडक अवरोध गर्नुका साथै लाठी, ढुंगा र वियरका बोतलले बाटो छेकेका थिए। हातमा लाठी लिएका नेकपा कार्यकर्ताको फोटो सामाजिक संजालमा यतिबेला भाइरल भएको छ।

एकपछि अर्को गर्दै सत्तारुढ दलका भातृ संगठनको क्रियाकलपा विवादस्पद हुन थालेपछि अहिले चर्को आलोचना हुन थालेको छ। आफ्ना नेता कार्यकर्तामाथि आक्रमण हुन थालेपछि कांग्रेसले विरोध जनाएको छ।

केही समय पहिला कांग्रेसको दोस्रो चरणको जागरण अभियानका क्रममा आयोजित कार्यक्रममा बाँके जिल्ला कांग्रेस सभापति किरण कोइरालामाथि आक्रमण गरी नेकपा कार्यकर्ताले हात भाँचिदिएका थिए।

२०७४ सालको संसदीय निर्वाचनमा चुनाव प्रचारका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युष्टिले चुनाव जिते हाँस्न र रुनसमेत नपाइने, अधिनायकवाद आउने भन्दै भाषण गरेका थिए। त्यो बेला देउवालाई सबैले उडाए।

तर पछिल्लो सत्तारुढ दलका भातृ संगठनको क्रियाकलाप हेर्दा कांग्रेस सभापति देउवाले भनेको कुरा सत्य सावित हुने त होइन भन्ने प्रश्न उठ्न थालेको छ। कतिपयले त देउवालाई दूरदर्शी नेतासमेत भन्न भ्याएका छन्।

एकपछि अर्को गर्दै सत्तारुढ दलका भातृ संगठनको क्रियाकलपा विवादस्पद हुन थालेपछि अहिले चर्को आलोचना हुन थालेको छ। आफ्ना नेता कार्यकर्तामाथि आक्रमण हुन थालेपछि कांग्रेसले विरोध जनाएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले आफ्ना नेता तथा कार्यकर्तामाथि भएको आक्रमणको विरोध गरेको हो।

‘फरक विचार र सिद्धान्त स्वीकार गर्न नसक्ने नेकपाका कार्यकर्ताको अधिनायकवादी चरित्र घोर निन्दनीय र आपत्तिजनक छ,’ कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

कांग्रेसले सत्ताको दुरुपयोग गर्दै नेपकाका कार्यकर्ताले अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गरेको भन्दै कांग्रेसले ‘मण्डलेशैली’ नरोके आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिएको छ।

पछिल्लो समय फरक विचार समूहका नेता कार्यकर्ता वा समूहमाथि नेकपा समर्थित युवा समूहबाट धमाधम आक्रमण हुन थालेको छ। यसले सरकारको अधिनायकवादी चरित्र स्पष्ट हुने कांग्रेसले जनाएको छ।

दुई तिहाई बहुमतको सरकारले जन अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला सत्तारुढ दल समर्थित युवाले फरक विचार राख्ने समूहमाथि नै आक्रमण गर्न थालेपछि सरकारको झन विरोध हुन थालेको छ।

बेला बेलामा सत्तारुढ दलका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको भन्दै प्रतिकार गर्नुपर्ने अभिव्यक्ति दिँदै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *