हिमानीकलीको बच्चा जन्मियो
File Photo: Elephant
चितवन। हात्ती प्रजनन तथा तालीम केन्द्र खोरसोरमा रहेको हिमानीकलीले बच्चा जन्माएको छ। १४ वर्षीया हिमानीले भाले बच्चा जन्माएको हो। हात्तीले बच्चा जन्माउनुलाई महत्वपूर्ण मानिन्छ।
तालीम केन्द्रका प्रमुख वुधन चौधरीका अनुसार असोज ६ गते हिमानीले पहिलो बच्चा जन्माएको हो। गत वर्ष निकुञ्जमा पाँच वटा हात्तीका बच्चा जन्मिएका थिए।
चौधरीका अनुसार यस वर्ष गण्डकी, तीर्थमान, देवी, कोशी र सिमसारकली गर्भिणी रहेका छन्। हात्तीले २२ देखि २४ महीनामा बच्चा जन्माउँछ। गर्भिणी रहेका सिमसारकली सौराहा र कोशीकली प्यारीढापमा रहेका छन्। अन्य सबै तालीम केन्द्रमा छन्।
तालीम केन्द्रमा हाल ६ साना बच्चा, तीन ठूला बच्चा, सात ठूला पोथी र पाँच भाले गरी २१ वटा हात्ती छन्। निकुञ्जको तालीम केन्द्र, सौराहा, कसरा र अन्य पोष्टहरुमा गरेर ६१ हात्ती छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment