अज्ञात समूहद्वारा गाउँपालिकाका प्रशासकीय अधिकृत कुटपिट
मुगु । मुगुमा एक गाउँपालिकाका प्रशासकीय अधिकृतलाई अज्ञात समूहले कुटपिट गरेको छ।
जिल्लाको सोरु गाउँपालिकाका प्रशासकीय अधिकृत परशुराम उपाध्यायलाई सोमबार ५/६ जनाको समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।
सदरमुकाम गमगढीबाट कार्यक्षेत्र जाँदै गर्दा सोरु गाउँपालिका ७ सिप भन्ने ठाउँमा ५/७ जना माक्स लगाएको टोलीले दिउँसो साढे १२ बजेतिर उनलाई कुटपिट गरेको प्रहरीले जनाएको छ।
‘कुटपिटपछि उनी बेहोस भएका थिए’, जिल्ला प्रहरी कार्यालय मुगुका एक अधिकारीले भने, ‘उपाध्यायको टाउको र शरीरमा गहिरो चोट लागेको छ।’
उनको जिल्ला अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिर्फर गरिएको प्रहरीले जनाएको छ। उनीमाथि आक्रमण गर्नेको खोजी कार्य भैरहेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment