बर्खास्त गरिएका पत्रकारहरुको पुनर्वहाली गर्न माग गर्दै सडक आन्दोलन

डिसी नेपाल
१३ असोज २०७६ २०:१५

काठमाडौं । नेपाल पत्रकार महासंघले रेडियो नेपालबाट बर्खास्त गरिएका पत्रकारहरुको पुनर्वहाली गर्न सरकारसँग माग गर्दै सडक आन्दोलन सुरु गरेको छ।

नेपाल पत्रकार महासंघको आह्वानमा सोमबार रेडियो नेपालबाट बर्खास्त गरिएका पत्रकारहरुको तत्काल पुनर्वहाली गर्न सरकारसँग माग गर्दै काठमाडौंको नयाँ बानेश्वरमा धर्ना दिइएको हो।

१० वर्षसम्म रेडियो नेपालमा कार्यरत पत्रकारहरुको पुनर्वहालीको माग गर्दै सडक आन्दोलन सुरु गर्नु परेको महासंघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए।

महासंघले सरकारले तत्काल आफूहरुको सो मागको सुनुवाई नगरे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिए।अध्यक्ष आचार्यले न्यूनतम पारिश्रमिक पूर्ण रुपमा लागू गराउन पनि सरकारलाई पटकपटक सचेत गराए।

रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलबाट बर्खास्त गरिएका डोटीका पत्रकारहरु सुनिता रावल, प्रकाश बम र चक्र कुँवरको पुनर्वहाली गर्न सरकारसँग माग गर्दै रेडियो नेपाल, नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखाले पनि आन्दोलन गर्दै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *