एनआरएनएको सचिवमा समाजसेवी सुष्मा राईले उम्मेद्वारी दिने

डिसी नेपाल
१४ असोज २०७६ ८:३९

काठमाडौँ । गैैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिवमा सामाजिक अभियन्ता सुष्मा राईले उम्मेदवारी दिने भएकी छिन्। एनआरएनए आईसिसी सदस्य रहिसकेकी सुष्मा राई चुनावी मैदानमा उत्रिँदै खुला सचिवमा पदमा उम्मेदवारी दिन लागेकी हुन्।

तीन कार्यकाल (सन् २०१३ देखि हालसम्म) आईसिसी सदस्य रहेर कार्यसम्पादन गरिसकेकी राई एनआरएनए वृत्त विश्वभर परिचित छिन्।एनआरएनएका अन्तर्राष्ट्रिय नेताहरुसँग अध्यक्षका प्रत्यासी कुमार पन्त, कुल आचार्य, उपाध्यक्षका प्रत्यासी डा। बद्री केसी, धर्मराज अधिकारीलगायत उनका समकालिन हुन्।

उनले यसअघि एनआरएनए युकेकी सचिव (सन् २०११(१३) भएर सफलतापूर्वक कार्यकाल सम्पन्न गरिसकेकी छिन् । आँटिली र हक्की स्वभावकी राईले यसैसाता घोषणा पत्र सार्वजनिक गर्न लागेकी छिन्।

राजनीति पृष्ठभूमिमा हुर्केकी राई सात सालको क्रान्तिका योद्धा स्वर्गीय रामप्रसाद राईकी नातिनी हुन्। अध्यक्षका प्रत्यासीहरुसित राम्रो सम्बन्ध भएपनि अहिले उनी कुनै प्यानलमा लागेकी छैनन्।

एनआरएनए मार्फत समाजसेवामा उत्रिएकी राईले सिंगो प्रवासी नेपालीलाई मातृभूमिको विकासमा लगाउने योजना रहेको बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *