डोजर पल्टिँदा एकको मृत्यु
मान्म। कालीकोटको खाँडाचक्र नगरपालिका– ५ बिहानीखोलामा मंगलबार बिहान डोजर पल्टिँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा दैलेख ठाँटिकाधका सहचालक भरतबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको हो।
कर्णाली राजमार्ग खुलाउन जाँदा डोजर पल्टिँएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबहादुर ओलियाले बताए। ‘आज बिहान ४ बजे डोजर पल्टिँएको हो ।’ उनले भने,“अहिले जिल्ला अस्पताल कालीकोटमा शव परीक्षणको लागि लगिएको छ ।”
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment