बुद्ध शान्तिपार्क निर्माण अभियानद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

डिसी नेपाल
१४ असोज २०७६ १६:५०

काठमाडौं । बुद्ध शान्ति पार्क निर्माण अभियानले दशैंको अवसरमा शुभकामना आदान–प्रदान तथा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा विशेष कार्यक्रमको आयोजना गरेर अभियानले समाजमा विशिष्ट योगदान पुर्याएका पूर्व सांसद नानीमैयाँ दाहाल, समाजसेवी नानीछोरी महर्जन, समाजसेवी शंकर पौडेल र समाजसेवी दानकाजी शाक्यलाई सम्मानपत्रसहित सम्मान गरेको हो।

आध्यात्मिक गुरु भोलेनाथ बाबा लिला चौलागाँईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो। चौलागाईँले नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने बताए।

बुद्ध शान्ति पार्क निर्माण अभियानको भूमिका प्रशंसनीय रहेको सुनाउँदै अभियानले नेपाललाई हिन्दूराष्ट्र कायम गर्नपनि उल्लेख्य योगदान पुर्याउने उनको विश्वास छ।

त्यस्तै, कार्यक्रममा अर्का अध्यात्मिक गुरु विष्णु आचार्यले नेपाललाई अब हिन्दूराष्ट्र पूर्नस्थापना गर्नको लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिए।

सम्मानित हुनेहरुमध्येबाट पूर्व सांसद नानीमैया दाहालले राष्ट्र रुपान्तरणमा सबैले योगदान पुर्याउनुपर्नेमा जोड दिएकी थिईन्। अभियानलाई आफ्नो तर्फबाट पूर्ण सहयोग रहनेपनि विश्वास दिलाईन्।

कार्यक्रममा अभियानका अध्यक्ष शान्तबहादुर शाक्यले अभियानको उद्देश्यबारे प्रकाश पारेका थिए। उनले अभियानको मुख्य उद्देश्य भनेको गाउँ, शहर, टोल, बस्ती नगर तथा आम नेपालीको मन, आत्मा र घरघरमा बुद्धको आदर्शलाई स्थापित गर्नु रहेको सुनाए।

उनले भने, ‘यीनै उद्देश्य प्राप्तिको लागि यस संस्थाले देशैभरि सार्वजनिक बुद्ध पार्क तथा ध्यान केन्द्र स्थापना गर्नको लागि महाअभियान सुरु गरिसकेको छ ।’

कार्यक्रमको सञ्चालन भने संस्थाका सचिव सुरेश बस्यालले गरेका हुन्। बस्यालले नेपाललाई बुद्ध राष्ट्र बनाउनुपर्ने बताउँदै भने, ‘त्यसको लागि बुद्धको दर्शनलाई घर घरमा पुर्याउनुपर्छ । हामी अहिले यही अभियानमा जुटेका छौं ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *