जिम्बाबेद्वारा नेपाललाई १६१ रनको लक्ष्य, नेपाल व्याटिङ गर्दै (लाइभ भिडियो)

डिसी नेपाल
१४ असोज २०७६ १९:०८

काठमाडौं। सिंगापुरमा जारी सिंगापुर त्रिकोणीय टि– ट्वान्टी क्रिकेट सिरिजको मंगलबारको खेलमा जिम्बाबेले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ।

सिंगापुरको इण्डियन एसोसिएशन मैदानमा पहिला ब्याटिंग गरेको जिम्बाबेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६० रन बनायो।

उसका लागि कप्तान सन विलियम्सनले सर्वाधिक ५३ रन बनाए। नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिए। कप्तान पारस खड्का र अभिनाश बोहोराले १–१ विकेट लिए।

सिंगापुरसहित सहभागी सिरिजमा नेपाल मंगलबार जिम्बाबे विरुद्ध दोस्रो खेल खेलिरहेको छ। पहिलो खेलमा नेपाल जिम्बाबेसँग ५ विकेटले पराजित भएको थियो।

उता जिम्बाबे घरेलु टिम सिंगापुरसँग पराजित भएको थियो भने नेपालले सिंगापुरलाई पराजित गरेको थियो। जारी सिरिजम तीनै टिमले एक एक खेल जितेका छन्।

मंगलबारको खेलमा नेपाल विजयी भए फाइनल पुग्ने सम्भावना बढ्ने छ। नेपालले अर्को खेल सिंगापुरसँग खेल्न बाँकी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *