विश्वकप छनोट खेल्न फुटबल टिम आज अस्ट्रेलिया प्रस्थान गर्ने

डिसी नेपाल
१५ असोज २०७६ ९:५८

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत समूह चरणको तेस्रो खेलमा अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्न नेपाली राष्ट्रिय फुटबल टिम आज त्यसतर्फ प्रस्थान गर्दैछ ।

नेपाली टोली बुधबार अपरान्ह अष्ट्रेलिया प्रस्थान गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । अष्ट्रेलिया जाने नेपाली टोलीलाई एन्फाले मंगलबार नै विदाई गरिसकेको छ ।

छनोटको समूह बी मा रहेको नेपालले असोज २३ गते अष्ट्रेलियासँग उसैको मैदानमा खेल्नेछ । अष्ट्रेलियापछि नेपालले असोज २८ गते जोर्डनसँग खेल्नेछ । अष्ट्रेलियासँग खेल्ने नेपाली टोलीको घोषणा मंगलबार नै भईसकेको छ । नेपाली टिम बुधबार अपरान्ह त्यसतर्फ जाने छन् ।

छनोटमा नेपाल २ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ । छनोटको पहिलो खेलमा नेपालले कुवेतसँग उसैको मैदानमा ७–० को हार व्यहोरेको थियो । तर, दोस्रो खेलमा चाईनिज ताइपेलाई २–० ले हराएको थियो ।

अष्ट्रेलिया १ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ । यस समूहमा २ खेलमा ३ अंक जोडेको कुवेत शीर्ष स्थानमा छ । ३ अंक जोडेको जोर्डन तेस्रो र अंकविहिन ताइपे पुछारमा रहेको छ ।

नेपाली टिमः

गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डरः सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्डरः रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ,विशाल राई

फरवार्डः विमल घर्तिमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *