महराको बचाउमा आक्रामक रुपमा उत्रिइन् पीडित भनिएकी रोशनी शाही, नेम्वाङ निशानामा

डिसी नेपाल
१५ असोज २०७६ १२:४७

काठमाडौं। निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाउने महिला अहिले अचानक महराको बचाउमा आक्रामक रुपमा उत्रिएकी छिन् । संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले यो प्रकरणमा महरा निर्दोष रहेको भन्दै सामाजिक संजाल फेसबुकमा लगातार पोस्ट गरिरहेकी छिन् । अचानक यु–टर्न भएकी रोशनीले आफूलाई बाध्य पारेर यस्तो बोल्न लगाइएको आरोप लगाएकी छिन् ।

शाहीले आफ्नो भिडियो अन्तरवार्तासहित समाचार ब्रेक गर्ने पत्रकार अजयबाबु शिवाकोटीलाई आफूलाई बाध्य पारेर त्यस्तो बोल्न लगाइएको गम्भीर आरोप लगाउँदै उनलाई तथानाम गालीसमेत गरेकी छिन् । त्यतिमात्रै होइन, शाहीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका संसदीय सदलका उपनेता सुवासचन्द्र नेम्वाङलाई पनि कारबाही गर्न माग गरेकी छिन् । उनले फेसबुकमा एक स्टाटस लेख्दै भनेकी छिन्, ‘बहुविवाह गर्ने उपनेतालाई पनि कारबाही हुनुपर्छ । न्याय दुवैलाई समान हुनुपर्छ ।’

नेम्वाङले महराले राजीनामा दिएपछि केही मिडियामा अब संसदले महरालाई नचिन्ने बताएका थिए । उनले राजीनामा दिएपछि सांसद पद पनि स्वतः निलम्बन हुने बताएका थिए । शाहीले नेम्वाङले बोलेका उक्त कुराको मिडिया कभरेज शेयर गर्दै त्यसमै जवाफ फर्काएकी छिन् । हेर्नुहोस् रोशनीले लगातार पोस्ट गरेका फेसबुक स्टाटसहरु –




प्रतिक्रिया

One thought on “महराको बचाउमा आक्रामक रुपमा उत्रिइन् पीडित भनिएकी रोशनी शाही, नेम्वाङ निशानामा

  1. Yo Sabai natak matra ho, Maharaji swoyem le kotha ma gayeko bhanera bhani saknu bhayo. Raksi liyera ramayan puran sunauna ta hoina holani.

Leave a Reply

Your email address will not be published. Required fields are marked *