दश हजार घुससहित एक जना पक्राउ
सांकेतीक तस्वीर
पोखरा। घुस रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कास्कीमा कार्यरत सर्भेक्षक सन्तोष भण्डारीलाई पक्राउ गरेको छ ।
जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कार्यमा विभिन्न बहाना बनाएर सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले पोखरा महानगरपालिका–९ स्थित बुद्धचोक नजिकैबाट मङ्गलबार साँझ भण्डारीलाई रु १० हजार घुस रकमसहित नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment