धनगढी प्रिमियर लिग क्रिकेट फागुनमा

डिसी नेपाल
१६ असोज २०७६ १५:५९

काठमाडौं। सर्वाधिक पुरस्कार राशि भएको धनगढी प्रिमियर लिग (डिपिएल) को चौथो संस्करण आगामी फागुनमा आयोजना हुने भएको छ।

धनगढी क्रिकेट एकेडेमीको आयोजना तथा राष्ट्रिय खेलकूद परिषद् (राखेप) र नेपाल क्रिकेट सङ्घको समन्वयमा हुने उक्त प्रतियोगिता आगामी फागुन ३ देखि १५ गतेसम्म संचालन हुने आयोजकका अध्यक्ष सुवास शाहीले जानकारी दिए।

विभिन्न छ शहरका छ फ्रेन्चाइज टोलीको सहभागिता रहने उक्त प्रतियोगिताको खेल धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ। अघिल्लो संस्करणको उपाधि सिवाइसी अत्तरियाले हात पारको थियो। त्यति बेलाको विजेता टोलीले ३० लाख पुरस्कार पाएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *