प्रहरी महानिरीक्षक खनालद्वारा भिडियो कन्फ्रेन्स मार्फत प्रदेश प्रहरी प्रमुखलाई निर्देशन

डिसी नेपाल
१६ असोज २०७६ १८:१९

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु तथा ती प्रदेश मातहत १७ जिल्लाका जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुसँग नजिकै आउँदै गरेका चाडबाडका बेला शान्ति सुरक्षासँग सम्बन्धित कामहरु एवं समसामयिक विषयमा बिहीबार भिडियो कन्फ्रेन्सद्वारा निर्देशन दिएका छन्।

साथै प्रहरी महानिरीक्षक खनालले १, २ र ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु तथा ती प्रदेश मातहत ३१ वटा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुसँग बुधबार भिडियो कन्फ्रेन्सद्वारा निर्देशन दिए।

चाड पर्वको अवसरमा हुन सक्ने चोरी, लुटपाट, डकैतीलगायत अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरी सक्रियताको लागि उनले उक्त निर्देशन दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *