सुत्केरी भत्ता दिँदै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

डिसी नेपाल
१७ असोज २०७६ ७:२४

तुलसीपुर। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुत्केरी भत्ता प्रदान गर्ने भएको छ। यस अघि बन्द गरिएको सुत्केरी भत्तालाई पुनः दिन शुरु गर्ने निर्णय भएको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिए।

तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानमा परिणत भएपछि बजेट रोकिएका कारण सुत्केरी भत्ता वितरण हुनसकेको थिएन। स्वास्थ्य मन्त्रालयले बजेट दिएपछि प्रतिष्ठानले आगामी कात्तिक १ गतेबाट प्रसूति सेवा लिन आउने महिलाका लागि सुत्केरी भत्ता दिने रजिस्ट्रार प्याकुरेलले जानकारी दिए।

स्वास्थ्य मन्त्रालयबाट यसै हप्ता दुई करोड बजेट निकासा भएको र कात्तिक १ गतेबाट सरकारले दिँदै आएको एक हजार ८०० सुत्केरी भत्ता दिन लागेको हो। साथै प्रतिष्ठानले बहिरङ्ग सेवा र आकस्मिक सेवा शुल्कमा समेत हेरफेर गरेको छ। यसअघि बहिरङ्ग सेवा शुल्क २५ र आकस्मिक सेवा शुल्क ३० लिँदै आएकामा कात्तिक १ गतेदेखि लागू हुने गरी क्रमशः ६० र ८० कायम गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *