वडादशैँ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

डिसी नेपाल
१७ असोज २०७६ १४:०९

काठमाडौं। । वडादशैँको पूर्वसन्ध्यामा पाशुपत क्षेत्र गौरीघाटमा शुभकामना आदानप्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

गौरीघाटस्थित हिलारी स्कुलको प्राङ्गणमा गौरीघाट युवा समूहले आयोजना गरेको सो कार्यक्रममा काठमाडौँ वडा नं. ७ का अध्यक्ष शुद्धकुमार डंगोल, वडा सदस्य निर्मला पूडासैनी, कृष्णप्रसाद घिमिरे, गौरीमातृ समूहकी अध्यक्ष, शहीदस्मृति सामुदायिक सेवा समाजको अध्यक्ष शिवराम अर्याल, गौरीनगरटोल सुधार समितिका पदाधिकारीहरु, सामुदायिक सेवा समिति चावहिलका अध्यक्ष उद्धव वडाल, जापानी सूचना केन्द्र, नेपालका अध्यक्ष मदनकृष्ण सिलवाल, जीवन विज्ञानकी पुष्पा खनाल, पोषणविद् विभिन्न विद्यालयका प्रिन्सिपल लगायतको उपस्थिति रहेको थियो।

सो अवसरमा गौरी युवा समूहले स्थानीय भाइचारा सम्बन्ध विस्तार गर्ने पवित्र उद्देश्यका साथ स्थापना गरिएको बताउँदै आगामी दिनमा यसले आपतकालीन एवं सेवामुखी कार्य गर्नेतर्फ लक्षित हुने गौरी युवा समुहका संयोजक उत्तम पोखरेलले बताए।

सो अवसरमा का.म.न.पा. वडा नं. ७ का अध्यक्ष शुद्धकुमार डंगोलले वडा दशैँको अवसरमा सम्पूर्ण वडावासीहरुलाई शुभकामना व्यक्त गर्दै स्थानीयस्तरका समस्याहरु समाधान गर्ने क्रममा वडाका युवाहरुको सक्रिय सहयोग र सहभागिताविना सम्भव नहुने बताउँदै आगामी दिनमा हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *