काभ्रेमा छोराले गरे आफ्नै बाबुको हत्या
सांकेतीक तस्वीर–
काभ्रे । काभ्रेमा एक युवकले बाबुको हत्या गरेका छन् । नमोबुद्ध नगरपालिका–२ का १८ वर्षीय वियज तामाङले आफ्नै बाबुको हत्या गरेका हुन् ।
तामाङले शुक्रबार राति ११ बजे घरायसी विवादपछि पिकले टाउकोमा प्रहार गरी ४२ वर्षका बाबु टेकबहादुरको हत्या गरेका हुन्।
टाउकोमा पिक प्रहारपछि गम्भीर घाइते टेकबहादुरको उपचारका क्रममा आज बिहान धुलिखेल अस्पतालमा मृत्यु भएको भकुण्डे प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक अशोक महतोले जानकारी दिए।
महताेका अनुसार घटनापछि भाग्ने क्रममा वियजलाई शुक्रबार रातिनै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ। रासस
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment