गोरखाबाट ल्याइएको फूलपाती हनुमानढोकाको दशैँघरमा यसरी भित्र्याइयो (फोटोफिचर)

डिसी नेपाल
१८ असोज २०७६ १९:३०

काठमाडौं। बडादशैँको सातौं दिन काठमाडौंको हनुमानढोकास्थित दशैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ।

गोरखाबाट ल्याइएको फूलपाती हर्षोउल्लासका साथ विधिपूर्वक काठमाडौंको दसैं घरमा शनिबार फूलपातीको दिन भित्र्याइएको हो। त्यस अवसरमा मन्दिरका पूजारीले फूलपाती पूजा आरधना गरि भित्र्याएका थिए भने नेपाली सेनाको टुकडीले तोप पड्काएर वर्षबढाई गरेका थिए।

परापूर्वकाल देखिनै काठमाडौंको हनुमानढोकास्थित दसैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउन गरिन्छ। यसको महत्व र चर्चा पनि बेग्लै छ ।

पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामाथि विजयी हासिल गरेर हनुमानढोका दरबारबाट राजकाज सुरु गरेसँगै गोरखा दरबारबाट फूलपाती ल्याउने प्रचलन सुरु भएको हो।

गोरखादेखि धादिङको जीवनपुरसम्म गोरखा दरबारका दसैघरका पूजारीसहित मगरजातिका ६ जनाले ल्याउने र जीवनपुरबाट हनुमानढोकासम्म ब्राह्मण जातिका ६ जनाले सो फूलपाती ल्याउने प्रचलन छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *