टि ट्वाटी क्रिकेट: हङकङसँग टस जितेर बलिङको तयारीमा नेपाल
काठमाडौं । ओमनमा जारी पाँच राष्ट्र सम्मिलित टि ट्वाटी सिरिजमा आज नेपालले पहिलो खेल हङकङसँग खेल्दैछ । ओमन क्रिकेट संघको मैदानमा भर्खरैबाट सुरु भएको खेलमा नेपालले हङकङसँग टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।
सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेलेर नेपाली टोली ओमन पुगेको थियो।

ओमान क्रिकेटले आयोजना गर्ने सिरिजमा नेपाल, आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । सिरिज असोज १८ देखि २३ सम्म हुनेदछ ।
नेपालले दोस्रो खेलमा नेदरल्याण्डसँग असोज २०, तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमनसँग असोज २३ गते खेल्ने छ ।
युएईमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अघि ओमनले पाँच राष्ट्रबीचको सिरिज खेलाउन लागेको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment