करण केसीको उत्कृष्ट प्रर्दशनसँगै नेदरल्याण्डमाथि नेपालको रोमाञ्चक जित

डिसी नेपाल
२० असोज २०७६ १४:५६

काठमाडौँ । ओमनमा जारी पाँच राष्ट्र सहभागि टि–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्डलाई चार विकेटले पराजित गरेको छ।

ओमनको अल अम्राट क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेदरल्याण्डले नेपालसामु १ सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

नेपालले टस जितेर फिल्डिङ रोजेको थियो। पहिला ब्याटिंग गरेकोे नेदरल्याण्डले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ३३ रन बनाएको थियो।

नेदरल्याण्डले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रेको नेपालले पालले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गर्यो।

नेपालका लागि विस्फोटक ब्याटिङ गरेका करणले १४ बलमा १ चौका र ३ छक्कासहित अविजित ३१ रन बनाउन सफल भए। त्यस्तै कप्तान पारस खड्काले सर्वा्धिक ३३ रन बनाएका थिए । बिनोद भण्डारीले २६ रन जोडे ।

नेदरल्यान्डका खेलाडी म्याक्सवेल प्याट्रिक ओ’ डोडले सर्वा्िधक ४३ रन बनाए । त्यस्तै कोलिन एकेर्मानले २९ तथा एण्टोनियस स्टलले २१ रन जोडे ।

नेपालका  लागि सन्दीप लामिछानेले ४ ओभरमा मात्र २० रन खर्चेर ४ विकेट हात पारे । त्यस्तै करण केसीले ३ ओभर ३ बलमा १७ रन खर्चेर ४ विकेट लिए। ललित नारायण राजवंशीले १ विकेट लिए।

पहिलो खेलमा आइतबार नेपालले हङकङलाई पराजित गरेको थियो।

पाँचदेशीय सिरिजमा नेपालसहित आयोजक ओमन, हङकङ, नेदरल्याण्ड र आयरल्याण्ड सहभागि छन्।

नेपालले तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमनसँग असोज २३ गते खेल्ने छ।

युएईमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अघि ओमनले पाँच राष्ट्रबीचको सिरिज खेलाउन लागेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *