टी-२० क्रिकेट : नेदरल्यान्डलाई ४ विकेटले पराजित गर्दै नेपालको जित (फोटो फिचर)

फाइल फोटो


मस्कट । नेपालले नेदरल्यान्डलाई ४ विकेटले पराजित गरेको छ ।

ओमानमा जारी पाँच देश सम्मिलित टी–२० सिरिजको दोस्रो खेलमा नेपालले रोमाञ्चक जित निकालेको हो।

करण केसीले नेपालको जितका ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरे। उनले नेपालका लागि ४ विकेट लिए भने नटआउट ३१ रन जोडे।

नेपाललाई १२ बलमा २८ रन आवश्यक परेका बेला करणले विष्फोटक ब्याटिङ गर्दै जित दिलाएका हुन् ।

केसीले ३.३ ओभर बलिङ गर्दै ४ विकेट लिए भने नटआउट ३१ रन जोडे। १४ बल ब्याटिङ गरेका उनले ३ छक्का र १ चौका प्रहार गरे।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position