आयरल्याण्डसँग फिल्डिङ गर्दै नेपाल, सन्दिपले लिए पहिलो विकेट

डिसी नेपाल
२२ असोज २०७६ ११:४०

काठमाडौं । ओमनमा जारी पाँच राष्ट्र सम्मिलित टि ट्वाटी सिरिजमा आज नेपालले तेस्रो खेल आयरल्याण्डसँग खेल्दैछ । ओमनको अल अम्रेट क्रिकेट मैदानमा भर्खरैबाट सुरु भएको खेलमा आयरल्याण्डले टस जितेर बलिङ रोजेको हो।

खेलमा नेपालले सुखद सुरुवात गरेको छ । नेपालका लागि सन्दिप लामिछानेले पहिलो ओभरको चौथो बलमा आयरल्याण्डको पहिलो विकेट लिएका छन् ।

उनले आयरल्यान्डका केभिन ओब्रायनलाई ५ रनमा आउट गरे।

नेपालले सुरुवाती दुई खेलमा हङकङ र नेदरल्याण्डलाई पराजित गरेको थियो ।

नेपाल दुई खेलमा ४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । तीन खेल खेलेको आयरल्याण्ड दुईमा जित र एकमा हार सहित ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *