टी-ट्वान्टी सिरिज: नेपाललाई आयरल्याण्डले दियो १ सय ४६ रनको चुनौती

डिसी नेपाल
२२ असोज २०७६ १३:०१

काठमाडौँ । ओमनमा जारी पाँच राष्ट्र सहभागि टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत तेस्रो खेलमा आयरल्याण्डले नेपाललाई १ सय ४६ रनको चुनौती दिएको छ।

ओमनको अल अम्राट क्रिकेट मैदानमा जारी खेलमा आयरल्याण्डले टस जितेर ब्याटिंग रोजेको थियो। पहिला ब्याटिंग गरेकोे उसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन बनायो।

खेलमा  सन्दिप लामिछानेले पहिलो ओभरको चौथो बलमा आयरल्याण्डको पहिलो विकेट लिएर नेपालका लागि सुखद सुरुवात गरेको थिए । उनले आयरल्यान्डका केभिन ओब्रायनलाई ५ रनमा आउट गरेका थिए।

आयरल्यान्डका ओपनर पाउल स्टर्लिङले सर्वाधिक ५९ रन बनाए। एन्ड्री बलबीनीले ३८ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले र अविनाश बोहराले समान २ विकेट पतन गरेका थिए। त्यस्तै करण केसी र ललित राजवंशीले समान एक विकेट लिएका थिए।

नेपालले सुरुवाती दुई खेलमा हङकङ र नेदरल्याण्डलाई पराजित गरेको थियो।

नेपाल दुई खेलमा ४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । तीन खेल खेलेको आयरल्याण्ड दुईमा जित र एकमा हार सहित ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

पाँचदेशीय सिरिजमा नेपालसहित आयोजक ओमन, हङकङ, नेदरल्याण्ड र आयरल्याण्ड सहभागि छन्।

नेपालले अन्तिम खेलमा नेपालले ओमनसँग असोज २३ गते खेल्ने छ।

युएईमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अघि ओमनले पाँच राष्ट्रबीचको सिरिज खेलाएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *