टी-ट्वान्टी सिरिज: आज आयोजक ओमनसँग खेल्दै नेपाल
काठमाडौँ । ओमनमा जारी पाँच राष्ट्र सम्मिलित टि ट्वाटी सिरिजमा आज नेपालले अन्तिम खेल आयोजक ओमनसँग खेल्दैछ।
ओमनको अल अम्रेट क्रिकेट मैदानमा नेपाली समय अनुसार ३ः१५ बजेबाट शुरु हुनेछ। नेपालले यसअघि सुरुवाती दुई खेलमा हङकङ र नेदरल्याण्डलाई पराजित गरेको थियो।
दुई खेल जितेर उत्साहित बनेको नेपाल तेस्रो खेलमा भने बुधबार आयरल्याण्डसँग पराजित भएको थियो।
जारी प्रतियोगितामा सबैभन्दा बलियो टिमका रुपमा देखिएको ओमनविरुद्ध नेपालले जित हासिल गर्नु त्यति सहज छैन। तर, पनि ओमनविरुद्ध अप्रत्यासीत जित निकाल्ने दाउमा नेपाल रहेकाे छ ।
ओमन ३ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ, भने नेपाल मात्र ४ अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment