भारत-द अफ्रिका टेस्टः भारत बलियो स्थितिमा

डिसी नेपाल
२३ असोज २०७६ २३:०४

पुणे (रासस/एएफपी) । भारतको पुणेमा बिहीबारदेखि शुरु भएको भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टेस्टको पहिलो दिन भारत बलियो स्थितिमा पुगेको छ।

भारतका प्रारम्भिक ब्याट्सम्यान मयन्क अग्रवालले १०८ रन बनाएका छन्। मौसम खराब भएपछि निर्धारित ९० ओभरको खेलमा ८५.१ ओभर मात्र खेल भएको थियो जसमा भारतले तीन विकेटको क्षतिमा २७३ रन बनाएको छ।

टस जितेर पहिलो ब्याटिङ रोजेको भारतका लागि कप्तान विराट कोहली ६३ रन बनाएर क्रिजमा छन्। उनलाई अजिन्क्या रहाणेले १८ रन बनाएर साथ दिइरहेका छन्।

भारतीय प्रारम्भिक ब्याट्सम्यान रोहित शर्मा १४ र चेतेश्वर पुजाराले व्यक्तिगत ५८ रन बनाएर आउट भइसकेका छन्।

दक्षिण अफ्रिकाका लागि युवा बलर कागिसो रबाडाले ४८ रन दिएर ३ विकेट लिएका थिए। बलरका लागि खासै मद्दत नदिएको पुणेको पिचमा दक्षिण अफ्रिकी बलरहरुले विकेटका लागि दिनभर मेहनत गर्नु परेको थियो।

यसअघि विशाखापट्नममा खेलिएको पहिलो टेस्ट भारतले जितिसकेको छ। यी दुईबीचको तेस्रो तथा अन्तिम टेस्ट राँचीमा हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *