राष्ट्रपति सीको भ्रमणले नछोएका राजधानीका सडक (फोटोफिचर)
काठमाडौं। २३ वर्षपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार अपरान्ह काठमाडौं उत्रिदैंछन्।
राष्ट्रपतिको भ्रमणलाई मध्यनजर गर्दै सरकारले राजधानी काठमाडौंलाई बेहुली जस्तै सिङ्गारेको छ।
चिनियाँ राष्ट्रपति सीको नेपाल बसाइ करिब २१ घण्टा हुनेछ। राष्ट्रपति सीको स्वागतार्थ सरकारले उनको कार्गेट चलाइने सडकलाई चिटिक्क पारेको छ।
जहाँ जहाँ राष्ट्रपतिको कार्गेट चलाइन्छ त्यहाँको सडक हेर्दा लाग्छ गरे के हुँदैन। तीनकुनेको खुल्ला चौर होस् वा अस्तव्यस्त कालीमाटी–सोल्टीमोड सडक, यी रातारात भएको विकासको ‘नमूना’ हो।
तर, माथि बयान गरिएजस्तो मात्रै पनि छैनन् काठमाडौंका सडक। ६ लेनको तीनकुने–माइतीघर सडकखण्डको राष्ट्रपतिको कार्गेट चलाइने पट्टिको सडक चिल्लो कालो बनाइएको छ भने सँगै रहेको अर्को पट्टिको लेनलगायतको दुर्दशा डिसी नेपाल सहकर्मी आर्यन धिमालले तस्वीरमा उतारेका छन्। प्रस्तुत छ चिनियाँ राष्ट्रपति सीको भ्रमणले नछोएको काठमाडौंका सडकको फोटोकथाः–








No ads found for this position

डिसी नेपाल
Facebook Comment