एनआरएनए चुनाव: यस्तो बन्यो अध्यक्षका दावेदार पन्तको प्यानल

डिसी नेपाल
२७ असोज २०७६ २२:४९

काठमाडौं । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी)को विश्व सम्मेलन सुरू हुन अब १ दिन मात्रै बाँकी छ । विश्वका विभिन्न ८१ मूलुकबाट ठूलो संख्यामा आएका एनआरएनहरुको जमघटले काठमाडौं पुरै एनआरएनमय बनेको छ। नयाँ कार्यकालका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका आकांक्षीहरु आफ्नो पक्षमा माहोल बनाउन दौड धुपमा व्यस्त देखिन्छन्।

यसै साता काठमाडौं ओर्लिएका विभिन्न देशका प्रतिनिधिहरु अहिले कसलाई नेतृत्वमा ल्याउने भनेर दिनरात गोप्य बैठकहरू गरिरहेका छन्। उनीहरु राजधानीका विभिन्न तारे होटेलमा बसेर क–कसलाई जिताउने भन्ने रणनीति बुन्न तल्लिन छन्, भने नेतृत्वका प्रत्यासीहरु पनि आफ्नो टिममा कसलाई लैजाने भनी गृहकार्य तथा छलफलमा जुटिरहेका छन्।

सोमबार राती मात्रै अध्यक्ष पदका दावेदार मानिएका कुमार पन्तले आफ्नो टिममा कसलाई लैजाने भन्ने गृहकार्य सकाएका छन् । पन्त निकट स्रोतका अनुसार उनले आफ्नो टिमको उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र प्रवक्ता पदका लागि अन्तिम टुंगो लगाएका छन् । जसमा उपाध्यक्षका लागि बद्रि केसी, महासचिवमा डा. हेमराज केसी, कोषाध्यक्षमा सुदन थापा र प्रवक्तामा डिबी क्षेत्रीलाई आफ्नो टिममा लिएर चुनाव लड्ने पक्का भएको छ।

यसअघि महासचिवमा उम्मेवदारी दिने तयारीमा रहेका डिबी क्षेत्रीलाई पन्तले प्रवक्ता पदका लागि सहमतिमा ल्याएपछि लगभग उनीहरुको जित सुनिश्चत हुने देखिएको छ । अन्य बाँकी रहेका पदहरुमा कसलाई समावेश गराउने भन्नेबारे छलफल जारी रहेको उनी निकट श्रोतले डिसी नेपाललाई जानकारी दियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *