पारस खड्काले कप्तानी छाडे
फाईल तस्बिर
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले कप्तानीबाट राजीनामा दिएका छन् । मंगलबार उनले कप्तानबाट राजीनामा दिएका हुन्। उनले सामाजिक सञ्जालमा कप्तानीबाट राजीनामा दिएको घोषणा गरेका छन्।
२००९ मा नेपाली टिमको कप्तान बनेका पारसले १० वर्ष नेपाली क्रिकेटको नेतृत्व गर्दा नेपाललाई डिभिजन फाइभबाट ओडिआई स्टाटससम्म पुर्याए भने २०१४ मा टि ट्वान्टी विश्व कपमा पनि सहभागिता गराए।
पारस खड्का नेपालका लागि ओडिआई र टि ट्वान्टीमा शतक प्रहार गर्ने एकमात्र खेलाडी हुन्। नेपाली क्रिकेटको एक दशक पारसकै दबदबामा रहेको थियो।
पारसले राजीनामा दिँदै अब नयाँ क्यानसँग नयाँ टिम स्प्रिरिटमा काम गर्नुपर्ने बताएका छन्। उनले आईसीसीले नेपाल क्रिकेट संघको निलम्बन फुकुवा गरेकोमा बधाइसमेत दिएका छन्। आईसीसीले सोमबारमात्र निलम्बन फुकुवा गरेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment