३० वर्षपछि उत्तर र दक्षिण कोरियाली टाेली आमने–सामने, तर मैदान रित्तै

डिसी नेपाल
२९ असोज २०७६ ११:०६

एजेन्सी । ३० वर्षपछि उत्तर र दक्षिण कोरियाको राष्ट्रिय फुटबल टोली आमने–सामने भएका छन्। प्योङयाङमा भएको उक्त ऐतिहासिक खेल बिर्सन नसकिने थियो। किनकी त्यहाँ न कुनै दर्शक थिए, न कुनै मिडियाले प्रत्यक्ष प्रसारण गरेका थिए। स्टेडियम पुरै खाली थियो । दक्षिण कोरियाको मिडियालाई प्रवेश रोकिएको थियो ।

मंगलबार किम इल सुङ स्टेडियममा भएको उक्त ऐतिहासिक खेलमा मैदान खाली रहेको अवस्थामा दुवै कोरियाली खेलाडीहरुले खेले । मैदानमा केही फुटबल अधिकारी, खेलाडी, प्रशिक्षक र रेफ्रि बाहेक अन्य कोही पनि उपस्थित थिएनन्। फिफा अध्यक्ष गियानी इफानटिनो पनि ऐतिहासिक खेल हेर्न प्योङयाङ पुगेका थिए । तर, खाली स्टेडियम देखेर तीतो अनुभव सुनाए ।

दक्षिण कोरियाली फुटबल संघले ५० हजारभन्दा बढी घरेलु दर्शक हुने ठानेको थियो । तर, त्यहाँ रित्तो स्टेडियम मात्र थियो । खेल प्रत्यक्ष प्रसारण गर्न नपाएपछि वाक्य लेखेर प्रत्यक्ष जानकारी गराउन खोज्दा पनि इन्टरनेट अवरुद्ध पारिएको थियो ।

यस्तो विश्वकप फुटबलको छनोट खेलमा दुई कोरियाले गोलरहित बराबरी खेले । उत्तर कोरियाको राजधानी प्योङयाङमा भएको एशिया प्यासिफिक छनोट खेलमा दुवै टोलीले अंक बाँडेका हुन् । झण्डै ३० वर्षपछि दुई कोरियाको राष्ट्रिय टिम आमनेसामने भएका थिए । ऐतिहासिक खेलमा कुनै टोलीले गोल गर्न सकेनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *