राष्ट्रिय महिला भलिबल टिम थाईल्याण्ड प्रस्थान

डिसी नेपाल
२९ असोज २०७६ १२:३६

काठमाडौं । अन्तराष्ट्रिय प्रशिक्षण तथा अभ्यास खेलका लागि राष्ट्रिय महिला भलिबल टिम थाईल्याण्ड उडेको छ ।

दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग तथा बंगलादेशमा हुने एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिता खेल्ने तयारीमा रहेको महिला भलिबल टिम आज थाईल्याण्ड प्रस्थान गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेपसंग) सहकार्य गरेर नेपाल भलिबल संघले खेलाडीलाई बैदेशिक प्रशिक्षण तथा अभ्यास खेलको अवसर जुटाएको हो ।

१८ खेलाडी सहितको नेपाली टिम थाईल्याण्ड गएको हो। मुख्य प्रशिक्षक जगदिश भट्टका अनुसार थाईल्याण्ड पुगेपछि मात्र नेपालले खेल्ने टिम र खेल संख्याको टुङ्गो लाग्ने बताएका छन् ।

थाईल्याण्डको प्रशिक्षण लगत्तै नेपालले कात्तिक २२ देखि २७ गतेसम्म बंगलादेशमा एभिसी महिला सेन्ट्रल जोन भलिबल खेल्नेछ । लगत्तै मंसिर १५ देखि २५ गतेसम्म घरेलु भूमीमा सागमा प्रतिस्पर्धा गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *