सचिन, लारा लगायत सयभन्दा बढी लेजेन्ड खेलाडीहरु एक साथ क्रिकेट खेल्दै

डिसी नेपाल
२९ असोज २०७६ १३:२०

एजेन्सी । विश्व चर्चित क्रिकेटर सचिन तेन्दुलकर, ब्रायन लारा, विरेन्द्र सहवाग र मुथैया मुरलीधरनले रोड सेफ्टी कार्यक्रमका लागि क्रिकेट खेल्ने भएका छन ।

रोड सेफ्टी वल्र्ड सिरीज नाम राखिएको यो प्रतियोगितामा सहभागि हुने अरु स्टार खेलाडीमा ब्रेट ली, ज्याक कालिस र सिभनारायन चन्द्रपउल पनि रहेका छन ।

पहिलो सिजनका रुपमा रहेको यो प्रतियोगिता २०२० को फेब्रेवरी २ देखि १६ तारिखमा मुम्बईमा हुनेछ । जसमा भारतका लेजेन्ड्स, अष्ट्रेलियाका लेजेन्ड्स, दक्षिण अफ्रिकाका लेजेन्ड्स, श्रीलंका र वेष्ट इन्डिजका लेजेन्ड्स खेलाडीले सहभागिता जनाउनेछन ।

यो प्रतियोगितामा सबै खेलाडी सन्यास लिइसकेका मात्र हुनेछ । जसमा एक सय १० भन्दा बढि खेलाडीले सहभागिता जनाउनेछन । प्रतियोगितामा सहभागि हुने लेजेन्ड्स खेलाडी सबै टेष्ट मान्यता देशका मात्र हुनेछन । महाराष्ट्र सरकारको आयोजनामा हुन लागेको यो विशेष प्रतियोगितालाई बीसीसीआईले पनि स्विकृती दिइसकेको छ ।

२०१३ मा सन्यास लिएपछि तेन्दुलकर लगायतका अन्य खेलाडीले २०१४ मा लर्डसमा एमसीसीबाट खेलेका थिए भने अमेरीकामा २०१५ मा भएको प्रर्दशनी खेल खेलेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *