‘आईसीसीले राखेको शर्त ठूलो होइन’ (भिडियो सहित)

डिसी नेपाल
२९ असोज २०७६ १९:२१

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)को साढे तीन वर्षे निलम्बन फुकुवा भएको छ। गत सोमबार दुबईमा भएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को बोर्ड बैठकले नेपालको निलम्बन फुकुवा त गर्यो तर केही शर्तहरु रहेको बतायो।

आईसीसीले राखेका शर्तबारे विस्तृत विवरणहरु सार्वजनिक नभए पनि आर्थिक पारदर्शिता र प्रशासनिक सुधार नै मुख्य शर्त रहेको आईसीसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

साढे तीन वर्ष नेपाली क्रिकेटको सबै व्यवस्थापन आईसीसीले गर्दै आएको थियो। अब सो व्यवस्थापन क्यानमा हस्तान्तरणको पक्रिया हुनेछ। आईसीसीले निलम्बन फुकुवापछिको अवधिलाई संक्रमणकालीन भनेको छ। र यहीबीचमा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले टिमको कप्तान पदबाट राजीनामा घोषणा गरेपछि नेपाली क्रिकेटमा नयाँ तरंग उत्पन्न भएको छ। यही विषयमा डिसी नेपालले क्यानका नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दसँग छोटो कुराकानी गरेको थियो।

अध्यक्ष चन्दले आईसीसीले राखको शर्त खासै ठूलो नभएको प्रतिक्रिया दिएका छन्। उनले कुराकानीका क्रममा आईसीसीले राखेका सबै शर्तहरु पूरा गर्न क्यान सक्षम र तयार रहेको बताएका छन्।

अध्यक्ष चन्दले नेपाली क्रिकेटका आगामी योजनाबारे पनि संक्षिप्त योजना सुनाए। उनले एउटा राष्ट्रिय लिग, सातै प्रदेशमा लीग आयोजना गर्ने बताए। उनले नेपाली क्रिकेट टिमको बेन्चस्ट्रेन्थ बढाउन पनि प्यारालल दुई टिम बनाउनेसमेत योजना सुनाए। अध्यक्ष चन्दले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)सँग पनि समन्वय गरिने बताए। साथै उनले सरकारले पछिल्ला दिनहरुमा खेलकुदमा लगानी बढाएको तर, सबै बजेट खर्च हुन सकेकोसमेत बताए ।

कप्तान पारस खड्काको राजीनामा प्रसंगमा भने उनी पारससँग असन्तुष्ट देखिए। उनले आईसीसीको निलम्बन फुकुवापछि नेपाली क्रिकेटमा उत्साह आइरहेका बेला कप्तानको राजीनामा आएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *